दफा २४घ१क
जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सबैभन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई देहाय बमोजिमको आधारमा बढुवा सिफारिस गर्नेछ ः–
(क) बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको,
(ख) राजपत्र अनङ्किकत प्रथम श्रेणीको पदको लागि कम्तीमा एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको,
(१) राजपत्राङ्किक द्वितीय श्रेणी वा सो भन्दा माथिको पदको लागि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरहको तथा राजपत्राङ्किक तृतीय श्रेणीको पदको लागि सम्बन्धित सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता भएको,
(२) बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढीको सवाकालीन तालिम लिएको,
तर भौगोलिक क्षेत्रमा काम गरे बापत पूरा अङ्क प्राप्त गरेको सम्भाव्य उम्मेदवार नभएमा वा छुट्याइएको रिक्त पदमा सम्भाव्य उम्मेदवार नपुग हुने अवस्था भएमा त्यस्तो पदमा भौगोलिक क्षेत्रमा
काम गरे बापत पूरा अङ्क प्राप्त नगरेको कर्मचारीलाई पनि सम्भाव्य उम्मेदवार कायम गरी बढुवा गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिमको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा देहायको आधारमा बढुवाको सिफारिस गर्नेछ –
(क) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनको औसतमा पन्चानब्बे प्रतिशत वा सो भन्दा बढी अंक प्राप्त गरेको,
(ख) सम्बन्धित सेवा, समूह वा उपसमूहको राजपत्र अनङ्कित द्वितीय श्रेणीको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको, र
(ग) श्रेणी विहिन पदमा वा राजपत्र अनङ्कित पाँचौं श्रेणीको पदमा आवद्ध भएका उम्मेदवारलाई श्रेणी विहिन पदमा गरेको सेवा अवधि समेत गणना गरी कम्तीमा कुल सेवा अवधि बीस वर्ष पूरा भएका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी सेवा अवधि भएको ।
(३) उपदफा (१) को खण्ड (ग) को उपखण्ड (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमका सम्भाव्य उम्मेदवार बढुवा भएमा त्यस्तो कर्मचारीको जेष्ठता सोही उपदफा बमोजिम बढुवा हुने अन्य कर्मचारी भन्दा पछि हुने गरी कायम गरिनेछ ।
(४) यस ऐन बमोजिम बढुवा गर्दा यस दफा बमोजिम गरिने बढुवाको कारवाही सम्पन्न गरी सिफारिस गरेपछि कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाको सिफारिस गर्नु पर्नेछ ।
२४घ१ख. कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीको समायोजन सम्बन्धी
व्यवस्था :- (१) यो दफा प्रारम्भ हुनु भन्दा अघि कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा -भएकाकर्मचारीहरुको समायोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले यो -दफा प्रारम्भभएको मितिले एक महिनाभित्र सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरवन्दी सिर्जना गरी त्यसरी बढुवा भएका तथा हुने कर्मचारीहरुलाई त्यस्तो दरवन्दीमा समायोजन पदस्थापना गर्नेछ ।
(२) यो दफा प्रारम्भ हुनु भन्दा अगावै कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान भई बढुवा नियुक्ति पाउन बाँकी रहेको तथा यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र कार्यसम्पादन तथाअनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान भई बढुवा हुने कर्मचारीहरुको समायोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरवन्दी सिर्जना गरी त्यसरी बढुवा भएका तथा हुने कर्मचारीहरुलाई त्यस्तो दरवन्दीमा समायोजन पदस्थापन गर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यसरी बढुवा भएका तथा हुने कर्मचारीहरु निजामती सेवाको दरवन्दी नरहेको निकायमा कार्यरत रहेको भएमा त्यस्तो कर्मचारीको दरवन्दी भएको निकायमा पुल दरवन्दी सिर्जना गरी त्यस्तो दरवन्दीमा समायोजन पदस्थापन गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम समायोजन पदस्थापन भएपछि निजहरु बढुवा हुनु भन्दा अगाडि बहाल रहेको पद स्वतः खारेज हुनेछ ।
(५) उपदफा (१), (२) र (३) बमोजिम समायोजन पदस्थापन भएको दुई महिनाभित्र
सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगले साविकको संगठन संरचना र दरवन्दीको पुनरावलोकन गरी कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका तथा हुने कर्मचारीहरुको समायोजनको लागि आवश्यक पर्ने दरवन्दीको स्तर उन्नति र थप दरवन्दीको यकिन गरी स्वीकृतिको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ । यसरी पठाइने विवरणमा साविकको दरवन्दी, कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएकोतथा हुने कर्मचारीको विवरण तथा पुनसंरचना गरी समायोजन गर्न सकिने दरवन्दीको विवरण खुलाइ पठाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको विवरण प्राप्त भए पछि सामान्य प्रशासन मन्त्रालयले सोको विश्लेषण गरी उपयुक्त ठहराएको दरवन्दी एक महिनाभित्र स्वीकृत गर्नेछ ।
(७) उपदफा (६) बमोजिम दरवन्दी स्वीकृत भएपछि संशोधित दरवन्दी विवरण निजामती कितावखानाबाट अद्यावधिक गराउनु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम निजामती कितावखानाबाट दरवन्दी विवरण अद्यावधिक भए पछि उपदफा (६) बमोजिम स्वीकृत भएको दरवन्दीमा सेवा, समूह तथा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले उपदफा (९) बमोजिम तयार गरिएको योग्यताक्रम सूची मध्ये माथिल्लो योग्यताक्रममा पर्ने कर्मचारीहरुको रुची तथा चाहनाको प्राथमिकताक्रम निर्धारण गर्न लगाई पदस्थापन गर्नेछ ।
(९) उपदफा (८) को प्रयोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित सेवा, समूह वा उपसमूहका कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीहरुको योग्यताक्रम सूची तयार गरी राख्नु पर्नेछ । यसरी योग्यताक्रमको सूची तयार गर्दा देहायको आधारमा तयार गर्नु पर्नेछ ः–
(क) हाल बहाल रहेको श्रेणीको पदमा ज्येष्ठता लागू भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा एक श्रेणी मुनिको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित आधारबाट ज्येष्ठता नछुट्टिएमा एक श्रेणी मुनिको पदको लागि लोक सेवा आयोग वा बढुवा समितिको सिफारिसको योग्यताक्रमको आधारमा,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम ज्येष्ठता नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा ।
(१०) उपदफा (८) बमोजिम पदस्थापन भएपछि त्यस्तो पुल दरवन्दी स्वतः खारेज हुनेछ ।
(११) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१), (२) र (३)
बमोजिम पुल दरवन्दीमा रहेका कर्मचारीहरु उपदफा (८) बमोजिम पदस्थापन नभई अन्यत्र सरुवा हुने छैन ।
(१२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (८) बमोजिम पदस्थापन भएको कार्यालयमा दफा १८ को उपदफा (३) बमोजिमको अवधि पूरा नभई कुनै पनि
कर्मचारीलाई अन्यत्र सरुवा गरिने तथा काज खटाइने छैन ।
तर, नेपाल सरकारबाट थप आर्थिक सहायता लिएका, नेपाल सरकारद्धारा गठित
मेडिकल वोर्डले बिरामी भनी सिफारिश गरेका, अपाङ्गताको “क” र “ख” बर्गको प्रमाणपत्र प्राप्त गरेका, स्थानीय निकाय लगायत दुर्गमस्थानमा पदस्थापन भै जान चाहने कर्मचारीहरु, कडा किसिमका रोग लागेका कर्मचारीहरु, पति वा पत्नीको कडा रोगमा उपचार गराई सुगम स्थानमा बसिरहेका कर्मचारीहरु, बिशेक्ष् परिस्थितिजन्य अवस्थाका कर्मचारीहरु, आसौच वारेका, गर्भवती र घरायसी कारणबाट अन्यत्र जान नसक्ने महिला, अवकाश हुन दुई बर्ष वा सो भन्दा कम समय वाँकी रहेका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको सहमति लिई यस दफा बमोजिमको रिक्त पदमा सरुवा गर्न वा काजमा खटाउन वाधा पर्ने छैन ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम हुने समायोजन पदस्थापनले यस दफा बमोजिम सिर्जना भएको पद बाहेक अन्य रिक्त पदमा दफा ७ को उपदफा (१) बमोजिम पदपूर्ति गर्ने व्यवस्थामा कुनै प्रतिकूल असर पु¥याउने छैन ।”